काठमाडौं । टी ट्वान्टी विश्वकपअन्तर्गत फाइनल प्रवेशका लागि आज राति पाकिस्तान र अष्ट्रेलिया खेल्दै छन्। राति नेपाली समयअनुसार पौने आठ बजे दुबई इन्टरनेशनल स्टेडियममा हुने खेलमा जित निकाल्नेले उपाधिका लागि न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

न्यूजिल्याण्डले भने हिजो भएको खेलमा इंग्याल्याण्डलाई पाँच विकेटले हराउँदै फाइनल पुगेको छ।

यी दुई पटक अहिलेसम्म भएका २३ टी ट्वान्टी प्रतियोगिताको भेटमा पाकिस्तान हाबी हुँदै आएको छ। पाकिस्तानले १३ पटक बाजी मारेको छ। तर सन् १०१९ मा भएको पछिल्लो टी ट्वान्टी क्रिकेट भेटमा अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हराएको थियो। आज पाकिस्तान त्यही हारको बदला लिने दाउमा हुनेछ। तर टी ट्वान्टी विश्वकप भेटमा भने दुवैले ३/३ पटक जित निकालेका छन्।

दुवै टिमले यस प्रतियोगितामा अहिलेसम्म अभूतपूर्व प्रदर्शन गरेका छन्। आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ। लिग चरणमा आफ्ना सबै पाँच खेल जितेको पाकिस्तानसँग उच्च मनोबल छ। उसले यो प्रतियोगिताको आफ्नो पहिलो खेलमा त भारतलाई १० विकेटको शर्मनाक हार चखाएको थियो।

तर अष्ट्रेलिया भने इङ्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। यसबाहेक अष्ट्रेलियाले आफ्नो बाँकी सबै खेल जितेको थियो। अघिल्ला खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिज तथा बंगलादेशलाई समान ८ विकेटले हराएको थियो।

अष्ट्रेलियाका अनुभवी ओपनर डेभिड वार्नरले पाकिस्तानविरुद्धको कीर्तिमानी बनाएका छन्। उनले पाकिस्तानसँग सबैभन्दा बढी (३४८) रन बनाएका थिए। सक्रिय क्रिकेटरहरूमध्ये अनुभवी उमर अकमल (३३५) र आरोन फिन्च (३२६) रन छन्। बलिङमा भने पाकिस्तानका मोहम्मद आमीर शीर्ष स्थानमा छन्। उनले अष्ट्रेलियाविरुद्ध सबैभन्दा बढी (१७) विकेट लिएका छन्। बायाँहाते स्पिनर मिचेल स्टार्क (१३) र एन्ड्रयू टाइ (१०) विकेट छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय