जनकपुरधाम – प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सञ्चार मन्त्रालय मातहतका संस्थाहरुका पदाधिकारीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। सम्बन्धित मन्त्रालयको मन्त्री फेरिएपछि मन्त्रीद्वारा नियुक्त पदाधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा मन्त्री साहले जोड दिए।

प्रेस सेन्टर नेपाल धनुषाको बिहीबार भएको दोस्रो अधिवेशनमा सहभागी भएका मन्त्री साहले अहिले गठबन्धनको सरकार रहेको र सञ्चार मन्त्रालयमा मन्त्री फेरिँदा पनि पूर्वमन्त्रीले नियुक्त गरेका पदाधिकारीले राजीनामा नदिएपछि असन्तुष्टि पोखेका हुन्।

आफूले पदाधिकारीसँग स्पष्टीकरण सोध्दा उल्टै तिनीहरु अदालत पुगेको उनको भनाइ छ। ‘जब सरकार अथवा मन्त्री फेरिन्छ भने सो मन्त्रीले नियुक्त गरेका पदाधिकारीले नैतिकताको आधारमा राजीनामा दिन्छन्’, मन्त्री साहले भने, ‘तर मैले राम्रोसँग काम नगर्दा किन नहटाउने भनेर स्पष्टीकरण सोध्दा उल्टै उनीहरुले अदालत पुगेर स्टे अर्डर ल्याएका छन्।’

मिडिया काउन्सिललगायत पत्रकारसँग सम्बन्धित संस्थाहरुमा विगतमा पत्रकारको क्षमता, हैसियतअनुसार नभएर चोरबाटोबाट कनिष्टहरुलाई भर्ना गरिएकोले त्यसलाई सुधार गर्न तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न आफूले काम थालेको मन्त्री साहले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय