spot_img

spot_img

बारा प्रहरीले एकैदिन ३३२ जना फरार प्रतिवादी अदालतमा बुझायो

९ माघ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले एकैदिनमा ३३२ जना फरार प्रतिवादीलाई अदालतमा बुझाएको छ । बारा जिल्ला अदालतबाट विगो, जरिवाना, कैद फैसला भई फरार रहेका ३३२ जना प्रतिवादीलाई पक्राउ गरि कारबाहीका लागि अदालतको जिम्मा लगाइएको हो ।

जसमध्ये ३६ जनालाई कैद भुक्तानका लागि वीरगञ्ज कारागार चलान गरिएको छ भने बाँकीले विगो, जरिवाना भुक्तानी गरेर घर फर्किएको प्रहरीले जनाएको छ ।

विगो, जरिवाना तथा कैद असुलउपर गर्न बाँकी रहेका कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध लगायत जघन्य तथा बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्ध विच्छेद, कुटपिटलगायत मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बैंकिङ कसुर ठगी मुद्धामा ६ वर्ष ५ महिना १० दिन सजाय पाएका कलैया १ बस्ने विजय दास, हातहतियार तथा खरखजना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय पाएका निजगढका बन्सु चौधरी, बैङ्किङ कसुर मुद्दामा ७ लाख जरिवाना फैसला पछि फरार सिम्रौनगढका तेजाजुल अन्सारी लगायत पक्राउ परेका हुन् ।

अदालतबाट कैद तथा जरिवाना तोकिएको व्यक्ति समाजमा रहँदा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम घुँमिरहँदा समाजमा नराम्रो सन्देश जाने, अपराधीहरुको मनोबल बढेर थप अपराध गर्न प्रोत्साहित हुने हुँदा फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन अभियान सञ्चालन गरिएको प्रहरी अधिकृतहरुको तर्क छ ।

अपराध गरेर गाउँ समाजमा खुला रुपमा हिँडडुल गरिरहेका प्रतिवादीहरुलाई विशेष अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘७ लाखसम्म जरिवाना तोकिएका, ३ वर्षसम्म कैद फैसला भएका फरार प्रतिवादीहरुलाई पक्राउ गरेका छौं’, उनले भने, ‘जन्मकैदको सजाय पाएको व्यक्ति होस वा १ सय रुपैयाँ जरिवाना तोकिएको व्यक्ति फरार रहँदा फरार प्रतिवादीको संख्या बढी देखिने हो । प्रहरीका थुप्रै काम छ, फरार प्रतिवादीको पछि लागेर मात्रै हुँदैन, एकैपटक समात्दा देशभर ‘गरे सकिन्छ’ भन्ने सन्देश पनि जान्छ ।’

उनले फरार प्रतिवादीहरुलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुको साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताए । यसअघि आफू स्याङ्जामा प्रहरी प्रमुख हुँदा एकैदिन १११ जना फरार अभियुक्तलाई समातेको स्मरण गर्दै उनले बाराबाट अझै बढी अभियुक्त पक्राउ गर्न सफल भएको बताए ।

फरार प्रतिवादी पक्राउ गर्नका लागि बारामा रहेका ५१ वटै युनिटबाट प्रहरी परिचालन गरिएको थियो । १५ दिन अघिबाट निगरानी गरेर आईतबार र सोमबार उनीहरुलाई पक्राउ गरिएको थियो । कलैयास्थित जिल्ला प्रहरी कार्यालयबाट २० जना, सिमरा, निजगढ, कोल्हबी, सिम्रौनगढ, बारागढी लगायतका १० वटा ईलाका प्रहरी कार्यालयबाट १०÷१० जना र अन्य युनिटहरुबाट समेत प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

फैसला कार्यान्वयनमा सघाउन आग्रह गर्दै बारा जिल्ला अदालतले १ हजार ३ सय ५७ जना फरार प्रतिवादीको लिष्ट प्रहरीलाई पठाएको थियो ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम...

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका...

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै...
spot_img
spot_img

सम्बन्धित समाचार

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका...

बाघको आक्रमणबाट २ जना घाइते

वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते...