spot_img

सशस्त्रको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा सशस्त्र प्रहरीद्वारा युरेनियम सहित तीन जना पक्राउ

बिरगंज – सशस्त्र प्रहरी बलले बारा जिल्लाबाट दुई किलो युरेनियम जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

सशस्त्रको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा १२ नम्बर गण बारामातहत सुरक्षाबेस जितपुरले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जितपुर उपमहानगर पालिका –५ का रवि चौधरी, सोही ठाउँका सागर चौधरी र माधवनारायण नगरपालिका– २ रौतहटका बृज सहनी छन्।

उनीहरूलाई सशस्त्र प्रहरी बलले जितपुरस्थित आदित्य होटेलको कोठा नम्बर ४ बाट पक्राउ गरेको हो। पक्राउ परेकालाई सो पदार्थसहित थप अनुसन्धानका लागि स्थानीय प्रहरीमा बुझाएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img