spot_img

ठोरी गाउँपालिका विद्यालय शिक्षा निःशुल्क गर्ने मधेश प्रदेशको पहिलो पालिका

ध्रुव अधिकारी
२०७९ कार्तिक ४ गते १५:५५

वीरगंज । पर्साको ठोरी गाउँपालिकामा बाल कक्षा देखि १२ कक्षा सम्मको विद्यालय स्तरको निःशुल्क शिक्षा कार्यान्वयन गर्ने मधेश प्रदेशकै पहिलो पालिका बनेको छ ।

ठोरी गाउँपालिकाले आफ्ना पालिका अन्तरगत सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा शिशु कक्षा देखि उच्च माध्यमिक तह सम्मको पढाई निःशुल्क गरेसँगै मधेश प्रदेशकै निःशुल्क शिक्षा कार्यान्वयन गर्ने पहिलो पालिका बन्न पुगेको हो ।

गत साउन देखि लागु हुने गरी निःशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिनुभयो ।

ठोरी गाउँपालिकाको गत असारमा सम्पन्न गाउँपरिषदबाट पालिका भित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा अनिवार्य गर्ने निर्णय गरेअनुसार नै गत साउन देखि शिक्षाको नाउँमा अभिभावकबाट कुनै शुल्क नउठाइएको उपाध्यक्ष रेग्मीले बताउनु भयो । 

विद्यालयले निजी स्रोतबाट कर्मचारी र शिक्षक भर्ना गर्नुपर्ने भएकोले खर्च जुटाउन विभिन्न शीर्षकमा सामुदायिक विद्यालयहरूले अभिभावकसँग रकम लिने गर्दै आएकोमा यस बर्ष देखि गाउँपालिकाले नै सम्पूर्ण खर्च व्यर्होने भएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो ।

ठोरी गाउँपालिका भित्र आधारभूत र माध्यमिक गरी २१ वटा सामुदायिक विद्यालय रहेको र ती विद्यालयको भौतिक सुधार तथा अन्य खर्चका लागि गाउँ परिषद्ले ४८ लाख रुपियाँ छुट्टाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।  

पालिका भित्र सञ्चालनमा रहेका शिशु कक्षा देखि ५ कक्षा सम्म सञ्चालन हुने १० वटा, शिशु देखि ८ कक्षा सम्म पढाई हुने ५ वटा, कक्षा १० सम्मको एउटा र शिशु देखि कक्षा १२ सम्म पढाई हुने ५ वटा गरि २१ वटा सामुदायिक विद्यालयलाई वार्षिक रुपमा आर्थिक अनुदान दिने शर्तमा निःशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको ठोरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपाल जोशीले बताउनु भयो । 

ठोरीमा सञ्चालनमा रहेका २१ वटा सामुदायिक विद्यालयमा ४ हजार एक सय ८५ विद्यार्थी अध्ययनरत रहेका छन् । ती मध्ये छात्रा २ हजार २ सय ४४ जना र छात्र १ हजार ९ सय ४१ जना रहेका छन् ।  

२१ विद्यालयमा १ सय १४ जना आधारभूत तहमा अध्यापन गराउने शिक्षक शिक्षिका छन् भने २४ जना निम्न माध्यमिक तह र २३ जना माध्यमिक तहमा अध्यापन गराउने शिक्षक शिक्षिका रहेको जोशीले बताउनु भयो । 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img