spot_img

spot_img

बारामा बस दुर्घटनामा परेका बालक भन्छन्, -बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ

हेटौंडा । बाराको जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन ।

 

बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए । दसैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरुका कारण ३/४ घण्टा बसपार्कमा नै कुर्नुपर्यो ।

 

धेरैपछि नारायणगढबाट बीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नम्बरको बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबा छोरा चढे । बस बीचबीचमा यात्रुहरु चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो ।

 

त्यहाँ पनि चार जना यात्रु बस चढे । त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने । बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए ।

 

टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन् “ब्रेक फेल भयो भन्ने सुनें, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु ।” गाडी पल्टेको थाहा नै नभएको बताउदै उनी भन्छन् “झसङ्ग भएर बुबालाई हेरेको देखिन । उहाँलाई मानिसहरुको चेपमा देखेँ । चार जना मान्छे हटाएर बुबालाई तानेर निकालेँ । बुबालाई थिचेका वरपरका अरु यात्रु भने चलमल गर्नुभएको थिएन । उहाँहरुको बीचबाट बुबाको हात बाहिर निस्केको देखेर चिनेँ ।”

 

बाहिर निकालेपछि प्रहरी आयो । प्रहरीको बसमा बुबासहित अरुलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउछन् । तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाई छ ।

 

गम्भिर घाइते भएका कारण बिरोजका बुबा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको ब्यबस्थापन गरिएको अस्पतालले जनाएको छ । उनका आफन्तहरु पनि सम्पर्कमा आएको उनले बताए ।

 

त्यसैगरी अर्का घाइते ३५ बर्षीय बस चालक दिप्तनारायण ढकाल बसको ब्रेक फेल भएको थाहा पाएपछि बचाउने प्रयास गर्दागर्दै नसकेको बताउँछन् । उनले आफूले भने हामफालेर ज्यान जोगाएको बताए । नारायणगढबाट हेटौंडा हुँदै बीरगञ्जतर्फ गइरहेको बसमा यात्रु चढ्ने र झर्ने क्रम जारी रहेसँगै चुरियामाई मन्दिरमा पुग्दा मुसलधारे पानी परेको र त्यसलगत्तै बसको ब्रेक फेल भएको उनी बताउँछन् ।

 

ब्रेक फेल भएको गाडीलाई भित्तामा ठोक्काएर रोक्ने प्रयास गर्दागर्दै टाटासुमो, अटोरिक्सा र मोटरसाइकललाई छल्दै अघि बढ्दा भित्ता नभेटिएर दुर्घटना भएको उनको भनाई छ । त्यसक्रममा पुल नजिकै पुग्दा बसलाई नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि आफू हामफाल्न बाध्य भएको उनको भनाई छ ।

 

बाराका १८ वर्षीय युवक आर्यन भोम्जनले पनि एक्कासी बस तीब्र गतिमा गुडेको थाहा पाएपछि डर लागेको र अगाडिबाट झाडीतिर हाल, भित्तातिर हाल भनेको आवाज सुनेको बताउँछन् । पछाडिको सीटमा रहेका उनी होसमा छँदा चिच्याएको आवाज सुनेको र पछि भने आफैले होस नपाएको बताए । उनको हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको छ । उहाँको हातको शल्यक्रियाको तयारी हुदैछ ।

 

बसको ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धान

बिहीबार बिहान करिब १० बजे जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए ।

 

चालकसँग गरिएको अनुसन्धानका आधारमा बसलाई चालकले जोगाउन खोज्दाखोज्दै दुर्घटना भएको देखिएको उनको भनाई छ । बस चुरेमन्दिरबाट केही तल पुगेपछि ब्रेक फेल भएको र विभिन्न सवारीसाधन सडकमा गुडिरहेकोले उक्त सवारीसाधनहरुलाई जोगाउँदै गुड्दै गर्दा दुर्घटनामा परेको बुझिएको थापाको भनाई छ ।

 

अहिलेसम्म हेटौंडा अस्पतालमा १२, चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा दुई र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

हेटौंडामा एम्बुलेन्सको कमी भएका कारण केही घाइतेहरुलाई भने निजी सवारी साधनमा थप उपचारका लागि पठाइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

बालिकालाई करणी गरेको आरोपमा कार्की पक्राउ

वीरगंज, १६ चैत । बारामा एकजना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको कोल्हवी नगरपालिका वडा...

प्रश्नपत्र लिक गरेको आरोपमा एकजना पक्राउ

वीरगंज, १६चैत । एसइईको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले एक विद्यार्थीलाई सिरहाबाट पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिकास्थित रजत जनक...

परीक्षा शुरु भएको १० मिनेट नबित्दै नेपाली विषयको प्रश्नपत्र लिक

सिराहा, १६ चैत । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नवितिदै परिक्षको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ। परीक्षा शुरू भएको...

होलीमा बाराबाट १८ जना पक्राउ, १९२ वटा सवारी साधन नियन्त्रण

वीरगंज, १४ चैत । जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गर्नुका साथै १९२...

गेस्टहाउसबाट चरेससहित तीनजना पक्राउ

वीरगंज १० चैत । वीरगंजबाट १२ केजी चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । वीरगंजको घण्टाघर स्थित रहेको नारायणी गेष्ट...

५० जना दलित बालबच्चालाई निशुल्क ट्युसनको ब्यवस्था

वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ । वीरगंज महानगरपालिका–२३...
spot_img
spot_img

सम्बन्धित समाचार

बालिकालाई करणी गरेको आरोपमा कार्की पक्राउ

वीरगंज, १६ चैत । बारामा एकजना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८, नयाँ...

प्रश्नपत्र लिक गरेको आरोपमा एकजना पक्राउ

वीरगंज, १६चैत । एसइईको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले एक विद्यार्थीलाई सिरहाबाट पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई...

परीक्षा शुरु भएको १० मिनेट नबित्दै नेपाली विषयको प्रश्नपत्र लिक

सिराहा, १६ चैत । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नवितिदै परिक्षको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ। परीक्षा शुरू भएको १० मिनेटमै नेपाली...

होलीमा बाराबाट १८ जना पक्राउ, १९२ वटा सवारी साधन नियन्त्रण

वीरगंज, १४ चैत । जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गर्नुका साथै १९२ वटा सवारी साधनलाई...

गेस्टहाउसबाट चरेससहित तीनजना पक्राउ

वीरगंज १० चैत । वीरगंजबाट १२ केजी चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । वीरगंजको घण्टाघर स्थित रहेको नारायणी गेष्ट हाउसबाट दुर्ई जनालाई...

५० जना दलित बालबच्चालाई निशुल्क ट्युसनको ब्यवस्था

वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा ...