spot_img

पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको छ : पर्यटनमन्त्री महतो

अजय कुमार झा
२०७९ असोज ११ गते १६:०२

जनकपुरधाम । ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा जनकपुरधाममा विभिन्न निकायहरूको सहभागितामा जनचेतना मूलक प्रभातफेरि कार्यक्रम आज सम्पन्न भएको छ ।  

जनकपुरधामको रेल्वे स्टेसनबाट शुरु भएको प्रभातफेरि नगरको विभिन्न भागहरूको परिक्रमा गर्दै जनक चौकमा पुगेर सम्पन्न भएको छ । मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, होटल व्यवसायी संघ, जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले प्लेकार्ड, ब्यानर तथा झाँकी सहित नगरको परिक्रमा गरेका थिए । 

जनकपुरधामको जनक चोकमा आयोजना गरिएको प्रभातफेरि कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले कोरोनाका कारणले शिथिल बनेको पर्यटन क्षेत्रको विकासका लागि मधेश प्रदेश सरकारले प्रदेशको ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन गरेको बताउनु भयो । 

उहाँले मधेश प्रदेशको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको धनुषाको जानकी मन्दिर, महोत्तरीको रौजाबजार, सिरहाको सलहेश फूलबारी, सप्तरीको छिन्नमस्ता, बाराको गढीमाई तथा पर्सा जिल्लाको गहवा स्थानको विकासमा पर्याप्त मात्रामा बजेट विनियोजन गरेको बताउनु भयो । 

पर्यटनमन्त्री महतोले पर्यटन क्षेत्रको विकास विना मुलुक तथा प्रदेशको विकास कठिन भएकाले प्रदेश सरकारले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर विभिन्न जिल्लाहरूमा पर्यटन कार्यालय स्थापना गरेको बताउनु भयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधाममा आउने धार्मिक पर्यटकलाई टिकाउनका लागि १५ दिने मिथिला परिक्रमा मार्गमा पर्ने ११ वटा विश्राम स्थललाई त्यसको धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउने गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ११ वटा पालिकाहरूसँग सहकार्य उपमहानगरपालिकाले अगाडी बढाएको बताउनुभयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पनि बोल्नु भएको थियो । 

कार्यक्रममा विभिन्न क्षेत्रका अतिरिक्त विद्यालयका विद्यार्थीहरू, नागरिक समाज, होटल व्यवसायी तथा सामाजिक क्षेत्रका अगुवाहरूको सहभागिता रहेका थिए ।  



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img