spot_img

हरपतगञ्जदेखि गण्डक नहरसम्म ४ किलोमिटर कालोपत्रे सडक बन्‍ने

१२ भदौ, वीरगञ्ज । संघीय बजेटबाट वीरगञ्जमा ४ किलोमिटर कालोपत्रे सडक बनाउन लागिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको सडक डिभिजन कार्यालय हेटौडाले सडक बनाउन लागेको हो ।

हरपतगञ्जदेखि मनियारी, इटियाही हुँदै गण्डक नहरसम्म ४ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । सोही सडकखण्डमा भवानीपुरदेखि जगरनाथपुर हुँदै ड्राईपोर्ट निस्कने २७०० मिटर खण्डमा सब बेसको काम हुनेछ ।

सडक डिभिजन कार्यालय हेटौंडाका ईन्जिनियर गिरीश नन्दन पोरसका अनुसार सडक बनाउने जिम्मा हिम सगरमाथा समा जेभीले पाएको छ ।

कम्पनीसँग २०८१ पुस मसान्तभित्र काम सम्पन्न गर्ने गरी ०७९ असार २२८ गते सडक निर्माण सम्झौता भएको थियो । मुल्य अभिवृद्धि कर सहित २० करोड ५७ लाख २१ हजार ३ सय ९८ रुपैयाँमा ठेक्का लागेको छ ।

मौसमले साथ दिएको खण्डमा नापजाँचको काम सोमबारदेखि नै सुरू गरिने ईन्जिनियर गिरीश नन्दनले बताए ।

‘मानवबस्ती भएको मनियारी र ईटियाहीमा सडक क्षेत्र अतिक्रमण खाली गराउनुपर्नेछ । खेतमा धान लागेकोले किसानले केही समय कुरिदिन आग्रह गरेका छन् ।’ उनले भने ‘तर हामी काम चाँडै शुरु गरौं भन्नेमा छौं, मौसमले साथ दियो भने भोलिदेखि नै नापजाँचको काम शुरु गर्छौ । विस्तारै अरु काम अघि बढ्छ ।’

सडक योजनाको शनिबार वन तथा वातावरण मन्त्री प्रदिप यादवले शिलान्यास गरेका छन् । सडक बनेपछि स्थानीय किसानको उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने मन्त्री यादवको भनाइ छ ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img