spot_img

चोरी गरेपछि गोली प्रहार गरेर फरार भएका दुईजना पक्राउ

बुटवलः रुपन्देहीको बेलहिया बाइपासमा लुटपाट गरी एक व्यक्तिलाई गोली हानेर फरार भएका २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। गत साउन २९ गते रोहिणी गाउँपालिका १ मा बेलहिया बाइपास सडकमा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा लुटपाट गरेको र स्थानीय विकास गुरुङमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही जिल्ला मायादेवी गाउँपालिका ७ महुवारी बस्ने ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका ४ दोगहरा बस्ने २१ वर्षीय मोहम्मद अरसद मुसलमान (काजु) रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

यस्तै घटनामै संलग्न भई गोली हान्ने सुटर कृष्ण भुज भने फरार रहेको रेग्मीले बताए।

प्रहरीले पक्राउ परेका भरबाट ७६ दशमलव एस ७ आरएमओ मेड इन युएसए नम्बर ७११११ लेखेको अटोमेटिक पेस्तोलसमेत बरामद भएको जनाएको छ। यस्तै चोरी भएको मोबाइल फोनसमेत बरामद भएको प्रहरीको भनाइ छ।

साउन २९ गते  राति करिब पौने ११ बजे रोहिणी गाउँपालिका १ मा रहेको रेष्टुरेण्टमा पसेर ३ जनाको समूहले हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइलसमेत लुटपाट गरी बाइपास हुँदै धकधइतर्फ भागेको अवस्थामा सडमा आएका गुरुङलाई गोली हानी फरार भएका थिए।

सिद्धार्थनगर नगरपालिका १ बस्ने २८ वर्षीय विकास गुरुङले लुटेराहरुको पिछा गर्दै उनीहरुलाई रोक्न खोजेका थिए। सोही क्रममा एकै मोटरसाइकलमा सवार ३ जनामध्ये बीचमा बसेका भुजले गुरुङमाथि गोली प्रहार गरेको एसपी रेग्मीको भनाइ छ।

घाइते गुरुङ्गलाई तत्काल भैरहवास्थित मेडिकल कलेजमा पुर्‍याइ गोली निकालिएको थियो। गुरुङ्गको अवस्था अहिले सामान्य छ।

पक्राउ परेका दुवै जनामाथि चोरी डकैती, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना मुद्दा चलाइएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img