spot_img

यू २० एसिया कपका लागि २५ खेलाडी प्रशिक्षणमा बोलाइयो

काठमाडौं: यू २० एसियन कपका लागि नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्। प्रशिक्षक केसीले बहराइनमा सेप्टेम्बरमा हुने प्रतियोगिताका खेलाडी प्रारम्भिक टोली बोलाएका हुन्।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ। नेपाल रहेको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान रहेका छन्। नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग सेप्टेम्बर १०, कतारसँग सेप्टेम्बर १२, बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग सेप्टेम्बर १८ मा खेल्नेछ।

नेपाली प्रारम्भिक टोली

गोलकिपरः ईश्वर गुरुङ, युनेश चौधरी, जियारत शेख, तोपबहादुर राना

डिफेन्डरः अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइबा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल, राज थोकर

मिडफिल्डरः दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, कृतिश रत्न छुञ्जु, सुगम सुवाल, मनज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जीव लामा

फरवार्डः निरञ्जन मल्ल, रोहन खड्गी



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img