spot_img

पोखरामा एटीएम मेसिन फोडेर रकम चोरी गर्ने ‘भेडे’ रुपन्देहीबाट समातिए

काठमाडौं : पोखरा महानगरपालिका-३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटीएम तोडफोड गरी नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

एटीएमको २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-३० डुँडाको मुख बस्ने ‘भेडे’ भन्ने २१ वर्षीय अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

पोखरा महानगरपालिका-२७ तालचोकस्थित एनआइसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटीएम मेसिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो।

साथै, प्रहरीले घटनामा प्रयोग भएको ग १० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको  थियो। उनीविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img