spot_img

थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९३० जनामा परीक्षण गर्दा ५ सय ४२ जनामा संक्रमण देखिएको हो।

२ हजार ८२ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र २ हजार ८४८ एन्टीजेन परीक्षण गरिएकोमा ३१८ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ४ सय २१ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ६५ रहेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img