spot_img

प्रतिनिधि सभा निर्वाचनमा भाग लिन ८४ दल दर्ता, कुन-कुन दलले लिँदैछन् चुनावमा भाग?

काठमाडौंः मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन ८४ दल निर्वाचन आयोगमा दर्ता भएका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको समय पनि मंगलबारदेखि सकिएको छ। आयोगका अनुसार अन्तिम समयसीमामा ८४ दल दर्ता भएका हुन्। 

निार्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो। 

सीके राउतको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको छ। यस्तै, मौलिक जरोकिलो, समावेशी पार्टी, हाम्रो नेपाल पार्टीले पनि चुनावमा भाग दिन दर्ता गराएका छन्। 

नेकपा एमाले १०औँ नम्बरमा दर्ता भएको छ। एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) २८औँ नम्बरमा दर्ता भएको छ। माओवादी केन्द्र ४३औँ नम्बरमा दर्ता भएको छ। नेपाली कांग्रेसको दर्ता क्रम संख्या ७५ रहेको छ। 

दर्ता क्रम संख्याको अन्तिम नम्बरमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img