spot_img

आङ सान सूचीलाई थप ६ वर्ष जेल सजाय

काठमाडौं : म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई त्यहाँको सैन्य अदालतले थप ६ वर्ष जेल सजाय सुनाएको छ। थप एक भ्रष्टाचारसम्बन्धी मुद्दामा उनलाई ६ वर्षको जेल सजाय तोकिएको एपीले जनाएको छ। 

अभियोग माथिको सुनुवाई बन्द कोठामा भएको थियो। ७७ वर्षीया नेतृका कानुन व्यवसायीलाई पनि बाहिर सूचना सार्वजनिक गर्न रोक लगाइएको छ। उनीमाथि चार वटा भ्रष्टाचार सम्बन्धी मुद्दा लगाइएको छ। सोमवारको फैसलामा उनले आफ्नो पदको दुरुपयोग गर्दै सार्वजनिक जग्गालाई बजार मूल्यभन्दा कममा भाडामा आफूले खोलेको संस्था दा किन की फाउन्डेसनलाई लगाएको आरोप छ। 

उनीमाथि लगाइएको तीन भ्रष्टाचारको मुद्दामा चार/चार वर्षको सजाय दिइएको थियो। अर्को एक मुद्दामा थप ६ वर्षको सजाय सुनाइएको हो। सुचीले आफू माथि लागेको आरोपलाई खण्डन गर्दै आएकी छन्। 

यसअघि उनलाई भ्रष्टाचार देश द्रोहलागयतका मुद्दामा ११ वर्ष जेल सजाय तोकिएको छ। योसँगै अब उनी १७ वर्ष जेल बस्नुपर्नेछ। 

२०२१ जनवरीमा त्यहाँको सेनाले शासन हातमा लिएपछि सूची तथा उनको पार्टीका नेताहरुलाई सेनाले नियन्त्रणमा लिएको छ। 

त्यहाँको सैन्य अदालतले यसअघि एक सांसदसहित चार जनालाई फाँसीको सजाय दिएको छ। 

त्यहाँको सैन्य सरकारले आगामी वर्ष निर्वाचन गर्ने प्रतिबद्धता जनाएको छ। त्यसअघि नै सूची तथा उनका सहकर्मीहरुलाई कारवाही गरिसक्ने तयारी गरिरहेको विश्लेषकहरु बताउँछन्। 

उनी माथिका थप ९ मुद्दा विचाराधीन रहेको म्यानमार नाउले जनाएको छ। जसमध्ये दुई भ्रष्टाचारका हुन्। उनीमाथि प्रकोप व्यवस्थापनका लागि खरिद गरिएको हेलिकोप्टर सम्बन्धी भ्रष्टाचार र निर्वाचन धाँधलीको आरोप छन्। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img