spot_img

कांग्रेसका जनप्रतिनिधिलाई जनताको दिल जित्न देउवाको आग्रह : जनताभन्दा ठुलो कोही छैन, जनता नै यो देशको मालिक हो

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक कांग्रेसलाई ठूलो पार्टी बनाउने ध्यान सबैको भएको बताएका छन्। सोमवार स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण दिन आयोजित कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उक्त भनाई राखेका हुन्।

‘कोभिडको बेला, एमसीसीबारे व्यापक भ्रम सिर्जना भएको बेला थियो,’ हेरिटेज गार्डेन ललितपुरमा आयोजित कार्यक्रममा देउवाले भने, ‘स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। हाम्रो ध्यान अबको निर्वाचनमा काँग्रेसलाई ठूलो पार्टी बनाउने हो।’

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण कांग्रेस पराजित भएको उल्लेख गर्दै देउवाले यसपटक भने गठबन्धन कांग्रेसको पक्षमा रहेको बताए। ‘७४ मा एक्लै चुनाव लड्नुपर्ने अवस्था थियो। गठबन्धनले गर्दा हामी पराजित भयौं। यसपटक गठबन्धनका कारण हामी सरकारमा छौ,’ प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय तहको निर्वाचन गठबन्धनकै कारण राम्रो भयो।’

टिकट बाँडफाँटको क्रममा कसैलाई काखा वा पाखा नगर्नेसमेत उनले बताए। ‘पार्टीका साथीहर्लाई कोहीलाई काखा कोहीलाई पाखा, भेदभाव गर्ने छैन। सबैलाई मिलाएर लानेछु,’ देउवाले भने।

केही ठाउँमा गठबन्धनका बाबजुद पनि हारेको उल्लेख गर्दै कतिपय ठाउँमा भने राम्रो जित निकालेको देउवाको भनाई थियो। उनले स्थानीय तहबाटै जनताको मन जित्ने काम गर्नुपर्ने बताए।

‘जनताभन्दा ठुलो कोही छैन, जनता यो देशको मालिक हो, त्यसैले सर्वभौमसत्तासम्पन्न जनता भनेको हो। त्यसैले पार्टीका साथीहरुले जनताको दिल जित्नु आवश्यक छ,’ देउवाले भने, ‘यस्तो अवस्थामामात्र जनताले कांग्रेसलाई साथ दिनेछन्। आउँदा दिनमा जनताको दिल जित्नु छ। साथीहरु सबै यस कार्यमा लाग्न आग्रह गर्दछु।’



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img