spot_img

राजनीतिक दाउपेचमा नागरिकता विधेयक, राष्ट्रपतिले गरिन फिर्ता

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक फिर्ता गरेकी छिन्। संशोधित विधेयकका केही दफाहरु पुनर्विचारका लागि भन्दै भण्डारीले विधेयक फिर्ता गरेकी हुन्। विधेयक प्रमाणीकरण वा फिर्ताका लागि एक दिनको समय बाँकी रहँदा उनले विधेयक फिर्ता गरेकी हुन्। 
फिर्ता गरिएको विधेयकमाथिको औपचारिक टिप्पणी सार्वजनिक भएको छैन। तर, विधेयकमा आमाले सन्तानलाई नागरिकता दिलाउन स्वघोषणा गर्नुपर्ने लगायतका व्यवस्थामा पुनर्विचारका लागि भन्दै विधेयक फिर्ता गरिएको छ। नागरिकता प्राप्तिका अन्य विषयमा पनि राष्ट्रपतिको चासो छ। 
लामो राजनीतिक विवादपछि विधेयक चालु अधिवेशनबाट पारित भएको थियो। राजनीतिक दाउपेचको सिकार बनेको विधेयक प्रमाणीकरणको मुखैमा पुनः फिर्ता भएको हो। 
संघीय संसदमा विधेयक फिर्ताबारे औपचारिक जानकारी पत्र पुगिसकेको छैन। 

फास्ट ट्रयाकबाट पारित भएको विधेयकको सबै संशोधन अस्वीकृत भएका थिए। भने, मूल विधेयकमा सरकार आफैँले केही विषय थप स्वीकार गर्ने घोषणा गरेको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img