spot_img

नेपाल सुपर लिगको पुरानो सम्झौता खारेज, कहिलेलाई तोकियो मिति?

काठमाडौंः अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल सुपर लिगसँगको सम्झौता तोड्ने निर्णय गरेको छ। बिहीबार बसेको एन्फा बोर्ड बैठकले सम्झौता खारेज गर्ने र सम्बन्धित पक्षसँग छलफल गर्न समिति बनाउने निर्णय गरेको छ।

बैठकले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा उपाध्यक्षद्वय दिपक खतिवडा र कुमार केसी तथा सदस्यहरु टीकाराम लामा, मनिराम विष्ट, रवीन्द्र चन्द, पुरुषोत्तम थापा सदस्य र एन्फा महासचिव किरण राई सदस्यसचिव रहनेगरि सात सदस्यीय सम्झौता नवीकरण समिति बनाउने निर्णय गरेको छ।

यस्तै सुपर लिगका लागि असोज २९ गतेदेखि मंसिर २ गतेसम्म समय उपलब्ध गराउने निर्णय बोर्डले गरेको हो।

यसअघि पहिलो संस्करण सफलताका साथ सम्पन्न गरेको नेपाल सुपर लिग दोस्रो संस्करणमा भने विवादमा फसेको थियो। ए डिभिजन लिगका क्लबसँगको विवादपछि सुपर लिग स्थगित भएको थियो। ए डिभिजन लिगका क्लबले आफूहरुले जानकारी दिँदादिँदै फ्रेन्चाइजीले आफूसँग अनुबन्धनमा रहेका खेलाडीलाई अनुबन्धन गरे र बोलकबोल पनि गरेको, जुन फिफाको नियम अनुसार गैरकानुनी भएको आरोप लगाएका थिए।

सम्झौताका केही बुँदालाई लिएर क्लबहरुले असन्तुष्टि जनाएका थिए। एन्फाले एएफसी, फिफालगायतका अन्तर्राष्ट्रिय संस्थाहरुसँग एफिलिएसन लिन र आधिकारिकता लिन सहयोग गर्ने विषयमा पनि विवाद थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img