spot_img

बालेनलाई अदालतको झट्काः नर्भिकको पक्षमा सर्वोच्चले दियो अल्पकालीन अन्तरिम, दुबै पक्षलाई छलफलमा झिकायो

काठमाडौंः सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटलको संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। काठमाडौं महानगरपालिकाले अस्पतालले सार्वजनिक जग्गामा भवन निर्माण गरेको भन्दै २४ घण्टाभित्र भत्काउन निर्देशन दिएको थियो। तर, द्विपक्षीय संवादपछि मंगलबार आफ्नो निर्णयबाट महानगर पछि हटेको थियो। 

सोलगत्तै बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतले पनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले साउन ३० गतेसम्म संरचना नभत्काउन अदालतले आदेश गरेको हो। ३० गते दुबै पक्षलाई अदालतले छलफलमा बोलाएको छ। 

द्विपक्षीय छलफलपछि अल्पकालीन आदेश निरन्तर भएमा संरचना भत्काउने महानगरको निर्णय कार्यान्वयनमा रोक लाग्नेछ। आदेश खारेज भएमा भने निर्णय कार्यान्वयनको बाटो खुल्ने छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img