spot_img

चितवनमा एक पुरुष मृत फेला

भरतपुरः चितवनको भरतपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। भरतपुर २१ पार्वतीपुरका ५६ वर्षीय टीकाराम विक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार ढोकामा चुकुल लगाइएको थियो। खुट्टा भुईंमा टेकिएको, टाउको र जिउको भाग खाटमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। तालुको भागमा काटेको र चोटबाट अत्यधिक रक्तश्राव भएको प्रहरीले जनाएको छ।

मृतककी श्रीमती बिनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img