spot_img

क्रिप्टो कारोबार अभियोगमा समातिएका व्‍यवसायी अमित श्रेष्ठ पुर्पक्षका लागि थुनामा

काठमाडौंः क्रिप्टोकरेन्सीको कारोबारको अभियोगमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ। प्रहरी अनुसन्धानपछि श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश भएको थियो। न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले श्रेष्ठलाई थुनामा पठाएको हो।

श्रेष्ठले अब एक तह माथिल्लो अदालतमा आदेशउपर निवेदन दिन भने पाउनेछन्।

श्रेष्ठलाई कारागार कार्यालय डिल्लीबजार चलान गरिएको छ।

असार २९ गते श्रेष्ठलाई काठमाडौंको पानीपोखरीस्थित घरबाट पक्राउ गरेको थियो। अमित केही वर्षदेखि धेरैजसो क्यानडामा बस्दै आएका थिए। करिब डेढ महिनाअघि मात्र उनी नेपाल आएका थिए।

श्रेष्ठको साथबाट बरामद भएका मोबाइल र ल्यापटप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको थियो। परीक्षणमा श्रेष्ठको कमनवेल्थ बैंक अष्ट्रेलियामा डलर खाता रहेको खुलेको थियो। उक्त खातामा एक लाख ९४ हजार २८५ डलर रहेको पाइएको थियो।

साथै रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार ४२१ डलर बराबर कारोबार भएको अनुसन्धानमा देखिएको छ। यस्तै रोयल बैंकबाटै सेयर कारोबार भएको समेत अनुसन्धानमा खुलेको छ।

यस्तै एभरेष्ट बैंकको खातामा दुई करोड ६ लाख ६ हजार ६९२ र एनआइसी एसियामा ६५ लाख २४ हजार ९१० रुपैयाँ गरी विभिन्न कम्पनीको सेयर लगानी रहेको पनि अनुसन्धानमा भेटिएको छ।

यस्तै नबिल बैंकमा ६५ लाख रुपैयाँ र ६७ हजार ५९६ अमेरिकी डलर समेत भेटिएको छ।

कलंकी, लाजिम्पाट र पानीपोखरीमा अपार्टमेन्ट गरी चार लाख ३९ हजार १९ डलर बराबरको सम्पत्ति रहेको पनि अनुसन्धानबाट खुलेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img