spot_img

पूर्व प्रधानमन्त्रीहरुमाथि खनिए रवि लामिछाने : कुनै गर्व गर्न लायक काम भएको छैन

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टी र नेताबाट देशमा परिवर्तन सम्भव नभएको बताएका छन्। देशमा ६/६ जना प्रधानमन्त्री हुँदा पनि कुनै गर्व गर्न लायक काम नभएको भन्दै उनले सचेत नागरिकले विकल्प खोज्ने बेला आएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश भेलालाई शनिवार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले अब यस्ता काम नगर्ने पूर्व प्रधानमन्त्री र ठूला भनिएका पार्टी र नेतालाई जनताले चिन्ने बेला आएको बताए।

ठूला पार्टीहरूले जनतालाई पटकपटक झुक्याइराखेको बताउँदै उनले यसपटक त्यस्ता झुटको पछि नलाग्न जनतालाई आग्रह गरे। ६/६ जना पूर्व प्रधानमन्त्री जिउँदो भएको देशमा के भयो भनेर प्रश्न गर्नसमेत उनले नागरिकलाई आग्रह गरे।

ठूला भनिएका पार्टीले अब आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता समेत नभएको उनले बताए।

‘के गछौँ र के दिन्छौँ भनेर भोट माग्छन्’, उनले भने, ‘थप झुक्याउनका लागि ठूला भनिएका दलहरूसँग नारा नै छैन।’

उनले नेपाली मतदाता मासुभातमा बिक्छन् भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए। यसपालि चुनावका दिन एकादशी र आइतवार परेको प्रसंग उल्लेख गर्दै उनले मासुभातले समेत काम नगर्ने संकेत गरे।

‘आफै पढेको त्रिचन्द्र कलेजको दूरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले देश र जनताको लागि के गर्छन्,’ अध्यक्ष लामिछानेले प्रश्न गरे।

२४सै घण्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने उनले वाचा गरे। भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए।

लामिछानेले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने बताए। अहिले पनि जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहेकाले आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको उनले बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img