spot_img

काठमाडौंका फरक-फरक तीन ठाउँमा तीन जना मृत भेटिए

काठमाडौं : काठमाडौंका विभिन्न तीन स्थानमा तीन जना मानिस मृत भेटिएका छन्।

टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने धादिङ घर भएका ३२ वर्षीय कृष्ण मिजार आफ्नै कोठामा आइतवार मृत अवस्थामा फेला परेका प्रहरीले जानकरी दिएको छ। यसैगरी, नागार्जुन नगरपालिका-६ घट्टेटारस्थित मनमती खोलाको बगरमा काठमाडौं बस्ने रामेछाप नगरपालिका-९ घर भएका १२ वर्षीय मनिष शाही आइतवार मृत अवस्थामा फेला परेका हुन्।

यसैगरी, काठमाडौं महानगरपालिका-१९ मरूहिटीमा सनाखत हुन नसेका करिब ५० वर्षीय पुरूष आइतवार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img