spot_img

राखेपको वार्षिक बजेट: नवौं राष्ट्रिय खेलकुदमा खेलाडीलाई दैनिक २ हजार भत्ता, एकल र टिममा स्वर्ण विजेतालाई कति?

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद (राखेप) को आज बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७९/८० को वार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले वार्षिक वजेट, नवौं राष्ट्रिय खेलकुद, खेल संघ विवाद अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका विषयमा निर्णय गरेको हो।

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्वन्धमा खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। त्यस्तै प्रदेश छनौटका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले सम्वन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्बन्धित टिममा सहभागी हुनुपर्ने, प्रदेश तथा विभागीय टिमहरुले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराई सक्नु पर्ने लगायतको नियम लागू गर्ने भएको छ।

राष्ट्रिय खेलकुदमा प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरिएको छ। त्यस्तै ३६ खेलमा प्रतिस्पर्धा हुनेछ भने २ वटा खेलको प्रर्दशनी हुनेछ। खेल इभेन्टको संख्या ४०७ र टिम ११ वटा हुने छन्। राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ।

‘प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई नगद २५ हजार रुपैयाँ, टिम इभेन्टमा स्वर्ण विजेतालार्ई १५ हजार रुपैयाँ तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई ५० हजार उपलब्ध गराउने निर्णय बोर्डले गरेको छ।

प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागीय टोलीको मुख्यालयमा प्रर्दशन गरिने निर्णय गरेको छ।

बैठकले परिषदको कर्मचारी सेवा,शर्त सम्बन्धी विनियम तयार गर्न परिषद् सदस्य प्रकाश कुसारीको संयोजकत्मा समिति गठन गरेको छ भने भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद सदस्य अन्जन धमलाको संयोजकत्वमा र खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन गरेको छ।

त्यस्तै परिषद अन्तर्गत कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाउने निर्णय गरेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि तयारी तथा बजेट व्यवस्थापन गर्ने जनाएको छ।

‘त्यस्तै २०२३ मा हुने चौधौं साग, २०२३ मा हुने १९औँ एशियाली खेलकुद,२०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शीतकालीन ओलम्पिक र २०२६ को युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने।’ बोर्डको निर्णयमा भनिएको छ।

त्यस्तै मुलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने निर्णय गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img