spot_img

न्युयोर्क बन्यो मंकिपक्सको ‘इपिसेन्टर’ : सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा

न्युयोर्क शहरका स्वास्थ्य अधिकारीहरूले शनिवार सार्वजनिक स्वास्थ्य संकटकालको घोषणा गरेका छन्। बढ्दो मंकिपक्स भाइरसको संक्रमणलाई लक्षित गरेर शहरमा स्वास्थ्य संकटकाल घोषणा गरिएको द गार्डियनले उल्लेख गरेको छ। न्युयोर्कलाई प्रकोपको ‘इपिसेन्टर’को संज्ञा पनि दिइएको छ।

मेयर एरिक एडम्स र स्वास्थ्य आयुक्त अश्विन वासनले गरेको घोषणामा शहरका करिब डेढ लाख बासिन्दाहरू संक्रमणको जोखिममा रहेको उल्लेख छ। उक्त घोषणासँगै अधिकारीहरूलाई शहर स्वास्थ्य नीति अन्तर्गत आपतकालीन आदेशहरू जारी गर्न र संक्रमण सुस्त बनाउन विभिन्न उपायहरू लागू गर्न अनुमति मिलेको छ।

न्युयोर्कमा शुक्रवारसम्म एक हजार ३४५ केसहरू रेकर्ड गरिएको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)को तथ्याङ्कमा उल्लेख छ। त्यस्तै, क्यालिफोर्नियामा दोस्रो सबैभन्दा बढी ७९९ संक्रमण पुष्टि भएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २३ जुलाईमा मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। यता, सान फ्रान्सिस्कोका मेयरले बिहीवार बढ्दो संक्रमणका बिच आपतकालिन अवस्थाको घोषणा गरेका थिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img