spot_img

प्रचण्डले व्यक्त गरे अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा, ‘यो मेरो लास्ट इनिङ होस्’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एक पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन्। शनिवार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन्।

उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए।

अध्यक्ष प्रचण्डले भने, ‘मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस्। यो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु। माओवादी भनेको माओवादी केन्द्र मात्रै हो अरु माओवादीको अर्थ छैन भन्ने कुरा यो पटकदेखि प्रमाणित भयो। किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन। बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाब नै भएन।’

अध्यक्ष प्रचण्डले माओवादीले किसानलक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको बताए। उनले किसानलक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादीहरु, बुर्जुवाहरु र दलालहरु आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको बताए।

१२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादी केन्द्रका कारण सम्भव भएको प्रचण्डले उल्लेख गरे। उनले माओवादी केन्द्रमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गरे।

‘देशमा स्थायित्व, सुशासन, राष्ट्रिय सुदृढीकरणतिर लैजाने हो भने यो परिवर्तनको वाहक माओवादी नै हो। माओवादीबिना देशमा सुशासन सम्भव छैन। आउने तीन महिना हामी सबैका लागि चुनौतीको समय हुनेछ। तीन महिना अभियानको रुपमा जाने हो भने देशको राजनीतिक रंगमञ्चमा, देशको राजनीतिक मानचित्रमा बदल्नसक्ने तागत माओवादीसँग छ। हामी परिवर्तन ल्याउने अरुले देलान् र खाउँलाजस्तो भएका छौँ अब त्यस्तो होइन, हामी आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न जरुरी छ।’

प्रचण्डले समाज भत्काउने प्रतिगमनकारीहरुले राजनीतिमा बुढापाकाहरु चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताए। उनले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गरे। उनले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गरे।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img