spot_img

ब्याडमिन्टन पुरुष युगलको उपाधि अभिषेक र राजुलाई

काठमाडौं: स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा भएको प्रथम स्पोर्ट्स हब खुल्ला ब्याडमिन्टन प्रतियोगिताको शीर्ष २० बाहेकको पुरुष युगलको उपाधी उचाल्न तीनचुलीका अभिषेक गुरुङ्ग र राजु थापा सफल भएका छन्। प्रतिस्पर्धात्मक फाइनल खेलमा अभिषेक र राजुको जोडीले नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीलाई १९–२१, २१–११, २१–७ ले पराजित गर्दै उपाधि उचालेका हुन्। तेश्रो स्थानमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा सुर्यदर्शनका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडी रहे।

शीर्ष २० बाहेकका महिला एकल तर्फको खेलमा कञ्चनपुरकी बिष्णा बिष्टले जित निकालिन्। कपनको लाखेपोखरीस्थित आयोजककै आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको उनले सुर्खेतकी अग्रीमा भण्डारीलाई २१–११, २१–१० को सोझो सेटले पराजित गर्दै उपाधी उचालेकी हुन्। तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी अञ्जना राई र सर्लाहीकी निकिता लामा तेश्रो स्थानमा रहे।

यु १७ ब्वाईज तर्फ सेनाका डेभिड थापा मगरले जित हात पार्दै उपाधी उचाले। थापामगरले सेनाकै कविर के.सी.लाई २१–१४, १७–२१, २१–१४ ले पराजित गर्दै उपाधी उचालेका हुन्। आयोजकको सुनिल कार्की र लाफा समुहको मनोजा फौदार तेश्रो स्थानमा चित्त बुझाउन सफल भए।

त्यस्तै पुरुष ४५ वर्ष माथिको खेलमा श्याम पराजुली र नविन श्रेष्ठको जोडीले जित हात पारे। उक्त जोडीले फाइनलमा पर्फेक्ट फिटनेश क्लबका पुर्णहरि होना र संजय कपालीको जोडीलाई २१–१८, २१–१७ को सोझो सेटमा पराजित गरे। खुश गुरुङ्ग र मानबहादुर रानाको जोडी र आईबिएमएसका कृष्ण छयाम्जुङ्ग र राजेश शाक्यको जोडी तेश्रो स्थानमा रहे।

५५ वर्ष माथिको प्रतिस्पर्धामा बुटवल ब्याडमिन्टनका नारायण प्रसाद घिमिरे र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीले बाजी मारे। उक्त जोडीले बशुन्धाराका पुर्ण चन्द्र जोशी र उमेश के.सी.को जोडीलाई २१–१६, १६–२१, २१–६ ले पराजित गरेर उपाधी उचाले। पाँचथरका मणि कदङ्गवा र गणेश सुब्बा र पोखराका रमेश भट्टचन र कमल थापाको जोडी तेश्रो स्थानमा रहे।

आयोजकका अनुसार करिव १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पारे। दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पारे। भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पारे। अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पारे। दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पारे।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img