spot_img

मंसिर ४ गते चुनाव हुने पक्कापक्की छ, केही दिनमा घोषणै हुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको चुनाव हुने पक्कापक्की रहेको बताएका छन्।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण तथा पदभारग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रवक्ता महतले अबको केही दिनमा चुनावको मिति घोषणा नै गरिने समेत दाबी गरे।

प्रेस युनियनको महाधिवेशनको सम्बन्धमा दुई पक्षले फरक-फरक समयमा मिति तोकेको उल्लेख गर्दै उनले महाधिवेशन नै अनिश्चित बनेको स्थितिमा आफूले सम्भव गराएको बताए।

‘मैले यो मिलाउने जिम्मेवारी पाएँ। मैले दुवैथरी साथीहरूलाई राखेर महाअधिवेशन सम्भव भयो,’ उनले भने।

हेटौँडामा साउन ६-७ मा भएको महाधिवेशनबाट शिव लम्सालको नेतृत्वमा प्रेस युनियनको नयाँ कार्यसमिति चयन भएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img