spot_img

सुनको मूल्यमा फेरि घट्यो, तोलाको ९४ हजार रुपैयाँ

काठमाडौंः सुनको मूल्य लगातार घट्न थालेको छ। बुधबार पुन: २ सय रुपैयाँ घट्दा बजार मूल्य प्रतितोला ९४ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साउन लागेयता सुन यो कारोबार  मूल्यमा आइपुगेको चौथोपटक हो। मंगलबार तोलामा २ सय रुपैयाँ घट्दा ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले बढेको छ। प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक घट्न थालेपछि प्रभाव स्थानीय बजारमा देखिएको छ। बुधबार सुन प्रतिऔंस १७१८.४८ डलर र चाँदी प्रतिऔंस १८.५९ डलर छ।

मंगलबार सुन प्रतिऔंस १७२२.२४ डलर र चाँदी १८.५२ डलरमा कारोबार भएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img