spot_img

अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको ल्याब रिपोर्ट समितिमा पुग्यो : सिलबन्दी गरिएको रिपोर्ट समितिको बैठकमा खोलिने

काठमाडौं : बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर गठित संसदीय छानबिन विशेष समितिलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरीको प्रयोगशालाले सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको छ।

आज बिहान समितिलाई प्रहरीले परीक्षण रिपोर्ट बुझाएको हो। बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप समेत पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई लागेको छ। उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा अर्थ मन्त्रालयले १३ दिनको मात्र फुटेज क्षमता भएको भन्दै पत्र पठाएको थियो। त्यसपछि झन् शंका गर्न थप बल पुगेको थियो।

‘हामीले रिपोर्ट बुझाइ सकेका छौँ। रिपोर्टमा के छ भन्ने कुरा थाहा छैन,’ नेपाल प्रहरीका एक उच्च प्रहरी अधिकृतले भने।

संसदीय छानबिन विशेष समितिले सिंहदरबारभित्रका थप दुई सीसीटीभी फुटेज माग गरेको छ। अनधिकृत व्यक्तिको प्रवेश भए नभएको अनुसन्धान गर्न समितिले आइतवार सिंहदरबाको थप दुई वटा सीसीटीभी फुटेज मागेको हो। सिंहदरबारको पश्चिम र दक्षिण गेटको फुटेज माग गरेको हो।

‘अर्को बैठक मार्फत रिपोर्ट हेर्छौं,’ समितिका एक सदस्यले भने।

जेठ १४ गते दिउँसो १२ बजेदेखि २४ घण्टाभित्रको फुजेट माग गरेको हो। बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर भएको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए। त्यही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img