spot_img

५ सय रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय पुग्यो

काठमाडौं : साताको पहिलो दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। आइतवारका लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रवार एक हजार रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। साउन लागेयता सुन प्रतितोला ९४ हजार रुपैयाँबाट महँगिएको थिएन। न्यूनतम ९३ हजारसम्म भएको थियो।

आइतवार चाँदीको मूल्य भने घटेको छ। शुक्रवारका तुलनामा १० रुपैयाँ घट्दै प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनका तुलनामा १० रुपैयाँ घट्दा गत शुक्रवार ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतवार सुन प्रतिऔंस १७२४.४४ डलर छ भने चाँदी १८.६१ डलर छ।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img