spot_img

फिल्म ‘म’को प्रचारशैली : काठमाडौंका चोकचोकका डिजिटल बोर्डमा फिल्मको ट्रेलर

काठमाडौं : कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ले प्रचारप्रचारमा फरक शैली अपनाएको छ। साउन २० गते प्रदर्शन हुने यस फिल्मले काठमाडौंका चोकचोकमा दर्शकलाई ट्रेलर देखाउने नयाँ शैली अपनाएको छ।

काठमाडौंका मुख्य मुख्य चोकमा जाममा परेका आम जनतालाई लक्षित गरेर डिजिटल स्क्रिनहरुमा ‘म’को ट्रेलर बजिरहेको देख्न सकिन्छ। यसअघि डिजिटल बोर्डमा फिल्मको पोस्टर देखिए पनि फिल्मको प्रोमोसल ट्रेलर बज्नु नौलो सुरुवात हो।

फिल्म ‘म’को ट्रेलर कलंकी, कालीमाटी, माइतीघर, कमलादी, दरबारमार्ग, गौशाला, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, जडीबुटी, सूर्यविनायक, बुढानिलकण्ठ, त्रिपुरेश्वर, सुन्धारा र नक्साल चोकका ठूला स्क्रिनहरुमा बजिरहेको छ।

सुवर्ण थापा निर्देशित यस फिल्मका क्रियटिभ निर्माता प्रकाश पुरी हुन्। फिल्ममा निशा अधिकारी, सविन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछानेका साथै संजोग रसाइली र पुनम श्रेष्ठको अभिनय रहेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img