spot_img

दार्चुलामा किन बढ्यो एचआइभी संक्रमण?

दार्चुला : दार्चुलामा एचआइभी संक्रमितहरूको संख्या बढ्दै गएको छ। गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना संक्रमितहरूले एआरटी सेवा लिइरहेका छन्। गत वर्ष तीनजना एचआइभी संक्रमित थपिएका छन्।

अहिले जिल्ला अस्पतालबाट सेवा लिनेमध्ये २० पुरुष, २० महिला तथा दुई जना बालबालिका छन्। जिल्ला अस्पताल दार्चुलाका एआरटी काउन्सिलर लोकेन्द्र सिंह धामीले दिएको जानकारीअनुसार ४२ मध्ये एकजनाको एचआइभी एड्सकै कारण गत आर्थिक वर्षमा मृत्यु भयो। आर्थिक वर्ष २०७०/७१ बाट जिल्लामा एआरटी सुरु भएयता एचआइभी एड्सका कारण ६ जनाको ज्यान गएको छ।

लेकम गाउँपालिका-१ सर्मौलीका ती युवक अन्तिम अवस्थामा अस्पताल पुगेका कारण बचाउन नसकिएको उनले बताए। धनगढीको सेती अस्पतालमा दुई पटक उपचारमा गए तर बच्न सकेनन्। भारतमा मजदुरी गरेर फर्किएका ती युवकमा एचआइभी संक्रमण अन्तिम अवस्थामा पुगेको थियो।

उनका अनुसार जिल्लाको महाकाली नगरपालिकामा पाँच महिला र तीन पुरुष गरी आठ जना, शैल्यशिखर नगरपालिकामा पाँच महिला र चार पुरुष गरी नौ जना एचआइभी संक्रमित छन्। मालिकार्जुन गाउँपालिकामा ६ महिला, चार पुरुष, लेक गाउँपालिकामा चार महिला, चार पुरुष र एक नाबालक, मार्मा गाउँपालिकामा तीन पुरुष र एक नाबालक तथा दुहुँ गाउँपालिकामा दुई जना पुरुषमा एचआइभी संक्रमित रहेको धामीले जानकारी दिए।

जिल्लाको अपी हिमाल गाउँपालिका, नौगाड गाउँपालिका तथा व्यास गाउँपालिकामा एचआइभी संक्रमित फेला परेका छैनन्। दार्चुलामा संक्रमितहरूको संख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क हो।

भारतसँग सिमाना जोडिएकाले पनि दार्चुलामा एचआइभीको जोखिम झन् बढेको हो। यहाँका अधिकांश नागरिक भारतमा मजदुरी गर्न जान्छन्।

लामो समयसम्म भारतमा मजदुरी गर्दा असुरक्षित यौन सम्पर्क गरेर फर्किंदा घरपरिवारमा समेत एचआइभी संक्रमण फैलाउने गरेका छन्। संक्रमितहरूलाई हेर्ने समाजको दृष्टिकोण परिवर्नत नहुँदा पनि महिला पुरुष समयमै उपचारका लागि खुल्न नसक्दा जोखिम बढ्दै गएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img