spot_img

वृद्ध भत्ता पाउन उमेर घटाउने चुनाव बाहेक अन्य कारण भए देखाउन सरकारलाई ‌ओलीको चुनौती

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन्।

शुक्रवार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए।

उनले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ? भन्दै सरकारलाई प्रश्न समेत गरे। उनले नेपाली कांग्रेस नेतृत्वको विगतका सरकारहरुप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मुल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दोहोर्‍याए।

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथमा लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको बताए।

उनले भने,  ‘हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने? आठ वटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार गर्‍यौँ। त्यसमा सुविधाका कुराहरु अगाडि बढायौँ। र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राइभेटाइजेशनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौँ।।’

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरुलाई आग्रह गरे। उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भ्रष्ट रहेको दावी समेत गरे।

ओलीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हटाउनु, ड्यामेज गरिनु नै त्यसको पर्याप्त प्रमाण भएको तर्क गरे। उनले न्यायालयका न्यायाधीश समेत आफ्नै रहेको कांग्रेसले खोटाङको एम अधिकारीलाई खोजिरहेको भन्दै आपत्ति जनाए।

अध्यक्ष ओलीले भने, ‘खोटाङको एम अधिकारी की के खोजिराख्या छ, कांग्रेस। सबै क्षेत्रमा कांग्रेस त छदै छ नि। कांग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन्? अनि राजीनामा दिएको छ कहिल्यै पनि सुनिएन त? अरु कुन कुन ठाउँमा के के छ? सुनिएन त।’



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img