spot_img

फास्ट ट्रयाकमा नागरिकता विधेयक, समितिमा नपठाइ प्रतिनिधि सभाबाटै पारित गर्ने तयारी

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ छलफलका लागि सदनमा पेस हुनेछ। त्यसपछि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यतालिका रहेको छ।

त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। नगरिकता विधेयक सम्बन्धित समिति नपठाइ सिधै पारितको गर्ने तयारी सरकारले गरेको हो। समिति पठाउँदा दफाबार छलफल लामो हुने भएकाले सदनबाटै पारित गर्न लागिएको हो ।

विधेयकमा २९ संशोधन दर्ता भएका छन्। तर, सरकारले समितिमा नपठाइ फास्ट ट्रयाकमा नागरिकता विधेयक प्रतिनिधिसभाबाटै पारित गर्ने तयारी गरेको हो।

यस्तै, आजको नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछ। गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक, २०७६ छलफलका लागि पेस गर्नेछन्। साथै सोही विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले पेस गर्नेछन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img