बिरगंज । उदेश्यभन्दा विपरितका गतिविधिमा खटिएको थाहा पाएपछि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले देशभरीका घुमुवालाई गत जेठ १५ गते एक सर्कुलर जारी गरी हटाए । दरबन्दीमा नियमित डिउटीमा नखटाए इन्चार्जलाई नै कारबाहीको चेतावनी समेत दिए । तर केहि महिना नबित्दै हेडक्वाटरको आदेशलाई धजिया उडाउँदै संगठनको नियम बिपरित मधेश प्रदेशअन्तर्गत बर्दिवासस्थित छिन्नमस्ता बाहिनीका डीआईजी गणेश ठाडा मगरले पुन्ह घुमुवा परिचालन गरेका छ।
बारा जिल्ला नै घर भएका दुई जना लाई डीआईजी मगरले गोप्य रूपमा घुमुवा परिचालन गरेका छन । बारा जिल्लाको फेटा गाउँपालिकाको पुरैनिया घर भएका सशस्त्र प्रहरी जवान ईमाम आलम र बाराको जिल्लाको सिम्रौनगढकै छेउमा पर्ने पचरौता घर भएका वरिष्ठ हवल्दार अशोक साह हुन।
स्रोतका अनुसार डीआईजी ठाडा मगरले घुमुवा सशस्त्र प्रहरी जवान ईमाम आलम र वरिष्ठ हवल्दार अशोक साहको डियुटी जिल्ला प्रशासन कार्यालय बारामा देखावाको लागी मात्र राखेका छन तर इनिहरुको काम भने बारा जिल्ला भरिका सीमावर्ती क्षेत्रमा घुम्ने सेटिङ मिलाउने तस्कर तथा व्यापारीसित रकम असुली गरीरहेको खुलेको छ।
कल्यानपुरनाकाबाट भोला मिया नामका नमुदत तस्करका समुहसंग मोटो रकम बुझी पिकअप र १० वट मोटरसाईकल प्रयोग गरी रातभर कपडा र जुत्ता चप्पलको तस्करी गर्न लाइन दिएका छन । कल्यानपुरनाकाबाट रामअयोध्याले पनि हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिकको लाइन पाएको हो ।
यस्तै कल्यानपुर र मुसहर्वा दुबै नाकाबाट रातभरि मोटरसाईकलको माध्यमले कपडा तस्करी गर्न सरोज नामक तस्करका समुहले लाईन पाएका छन । मुसहर्वा नाकाबाट सन्तोष गुप्ता, सुरेन्द्र जैसवाल, जयप्रकाश महतो, मनोज यादव लगायतका कारोबारीहरुले मोटो रकम नजराना बुझाएर राती राति राँगा र भैसीहरु नेपालमा भित्र्याउने गरेका छन्।
मुसहर्वा नाकाबाट छोटेलाल पटेलको समूहले कपडा तस्करिको ठुलो लाईन पाएका छ्न । पटेलको समूहले नै कलैयामा खपत हुने कपडाको ५० प्रतिशत भन्दा बढी भन्सार नै नतिरी तस्करी गरेर ल्याउने गरेको कलैयाका कपडा व्यपारीहरुले बताएका छन् । मुसहर्वा नाकाबाट , मुरारी महतो, खेना यादव, बिन्दा ,सकिल ,चन्दन ,पन्डित ,प्रेम , सुनेश ,बिरेन्द्र ,पवन ,तार्केश्वर ,अनवर, लगायतका तस्करहरुले साइकल मोटरसाईकलको माध्यमले कपडा, हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिक, किराना आईटम, जस्ता समान भित्र्याउने गरेका छन् ।
वाराको सिम्रौनगढ, कचोर्वा, डुगरीदेवीमाई, पिपरपाती, खजानी, झवानी, अमरपुर, सनुवाही, कवलपुर, अमरपुर, बरैनिया, आमवा कवहीगोठ, फुलवरिया, वेल्दारी, , बलपुर, निलकण्ठवा ,मटिअर्वा, छतवाबाट, इटियाही, बलिरामपुर मुसहर्वा नाका भएर खुलेआम तस्करी भइरहेको स्थानीयको भनाइ छ। बाराको सिम्रौनगढ नाकाबाट दिन र रात तस्करी भइरहेको स्थानीय बताउँछन्। सिम्रौनगढ नजिक रहेको गोलागंज नाकाको ढाठ नै राति हटाइने गरेको र तस्कारीको सामान लोड गरेका सबारी साधनहरु रातभर आवतजावत गर्ने गरेको स्थानीयको भनाइ छ।
सर्वसाधारणलाई साइकल मोटरसाइकलमा दैनिक उपभोग्य वस्तु ल्याउन लैजान नदिने सीमानाका प्रहरीहरुले भने राति ढाठ नै हटाउने गरेकामा स्थानीय आक्रोशित छन्।छोटी नाकाहरुबाट दैनिक भन्सार छली गरेको करोडौं मूल्य बराबरका खाद्यान्न, कस्मेटिक, मेसिनरी, राँगा, भैसी निर्धक्क रुपमा भित्र्याउने क्रम बढदै गएको छ ।
सशस्त्र प्रहरी जवान ईमाम आलमको दरबन्दी १४ न: गण हेटौंडा हो । आलमले तस्करलाई सूचना दिन र सेटिङ मिलाउनको लागी ९८०६८१६५८४ नम्बरको एनसेल कम्पनीको सिमकार्ड प्रयोग गर्दै आएका छन । निकायले कल्ल डिटेल राम्रो संग चेक गर्यो भने यसबाट पनि उनको साठगाठ बारे पोल खुल्न सक्छ ।
मधेश प्रदेशमा डीआईजी चन्द्र प्रकाश गौतम आउन बितिकै बद्नामित घुमुवाहरुलाई तानेर रिफ्रेस तालिम गराई ईमाम आलम लाई उनको दरबन्दी १४ न: गण हेटौंडा पठाएका थिए भने अन्यलाई उनिहरुको आफ्नो आफ्नो दरबन्दी पठाएका थिए । यस्तै हालका आइजिपि राजु अर्याल मधेश प्रदेशका डीआईजी हुदा उनको पालामा घुमुवा बस्दा तस्कर संग साठगाठ र तस्कर संग पैसा उठाएको कुरा बाहिनीमा पुगे पछि आलमलाई कार्वाही गरी दोलखा लखेटेका थिए । यस्तै मधेश प्रदेशका डीआईजी कबिन्द्र मान श्रेष्ठ हुदा उनको पालामा पनि घुमुवा बस्दा आलमले असुली आतंक मच्चाएपछी दोलखानै लखेटेका थिए ।
मधेस प्रदेशमा घुमुवा बसेर गन्हाइ सकेका सशस्त्र प्रहरी जवान ईमाम आलमलाई उन्कै संगठनका हकिमहरुले कार्वाही गरि कयौं पटक लखेटिएका छन तर उनको चिन्जान साठगाठ ठुलो दलका वरिष्ठ नेताहरु संग र सशस्त्र प्रहरी संगठनको उच्च अधिकारी सम्म पाहुच भएकै कारण बिबादित र बद्नामित भएपनि आफ्नो गृह जिल्लामा नै घुमुवा बस्न सफल भएका छन ।
यस्तै नेपाल भरी चर्चाको बिषय बनेका बारा जिल्ला सशस्त्र प्रहरी सन्लग्न हातहतियार सप्लाई काणड लगेका सशस्त्रका वरिष्ठ हवल्दार अशोक साह बद्नामित घुमुवा हुन । हतियार काणड केहि महिना नबित्दै सान्त हुनै बितिकै अशोक साहलाई पैसा उठाउन घुमुवाको लागी बाहिनी तानिएका साहलाई गृह जिल्ला बारामा नै फेरि डिआईजी मगरले घुमुवा परिचालन गरेको स्रोतले जनाएको छ।
कुनै कार्यालयले सादा पोसाकका कर्मचारी फिर्ता नगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने चेतावनीसमेत सशस्त्रले मातहतका निकायलाई दिएपनि त्यो निर्देशन भने कागज मै सिमित रहयो मधेस प्रदेशमा चाहि लागु नभएको यसबाट परमानित हुन्छ । प्रहरी महानिरीक्षक राजु अर्यालको भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई धजिया उडाउदै संगठनको नियम बिपरित मधेस प्रदेशका डिआईजी मगरले गोप्य रूपमा परिचालन गरेका घुमुवाहरु अबैध र असुली धन्दा चलाइ रहेको खुलेको छ । आईजीपी राजु अर्यालले इ दुबै घुमुवाहरुलाई तानेर कारवाही गर्छन् कि गर्दैन त्यो हेर्न बाकी नै छ। भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नु होस ।