spot_img

रिहा भए मोहम्मद जुबैर, ट्वीट गर्न रोक लगाउने माग खारेज गर्दै सर्वोच्चले भन्यो : पत्रकारलाई नलेख भनेर कसरी भन्ने ?

अल्ट न्यूजका सह-संस्थापक मोहम्मद जुबैर तिहाड जेलबाट रिहा भएका छन्। भारतको सर्वोच्च अदालतको आदेशपछि बुधवार राति उनलाई रिहा गरिएको हो।

अदालतले जुबैरविरुद्ध उत्तर प्रदेशमा दर्ता भएको ६ मुद्दामा अन्तरिम जमानत दिँदै ट्वीट गर्न रोक नलगाउन पनि आदेश दिएको छ। उत्तर प्रदेश सरकारको तर्फबाट बहस गरेका अधिवक्ताले जुबैरलाई ट्वीट गर्नबाट रोक्नु पर्ने माग गरेका थिए। तर, अदालतले सो मागलाई अस्वीकार गरेको हो।

बहसका क्रममा वकिल गरिमा प्रसादको माग सुनेपछि न्यायाधीश चन्द्रचन्डले भने,‘ यो कस्तो हो भने वकिललाई बहस नगर भन्नु जुस्तो हो। हामी कसरी एकजना पत्रकारलाई नलेख्न र एक शब्द पनि नबोल भनेर भन्न सक्छौं?’ प्रसादले सीतापुर मुद्दामा अन्तरिम जमानत दिँदै ट्वीट गर्न नपाउने नजिर भएको जवाफमा भनेकी थिइन्।

त्यसपछि न्यायाधीश चन्द्रचन्डले जुबैरले आपत्तिजनक ट्वीट गरे उनी जवाफदेही हुने बताएका थिए। अदालतले आवाज उठाउँछ भनेर कोहीविरुद्ध अगाडि नै कसरी कारवाही हुन सक्छ भनेर प्रश्न समेत गरेको छ।

सन् २०१८ मा हनीमुन होटलको नाम हनुमान होटल लेखिएको तस्विर जुबैरले ट्वीट गरेको कारण देखाउँदै प्रहरीले उनलाई पक्राउ गरेको थियो। ‘सन् २०१८ मा हनिमुन होटल, २०१४ पछि हनुमान होटल,’ उनले लेखेका थिए। २०१४ मा नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बनेका थिए। जुबैरले यो तस्विरबाट मोदीमाथि व्यङ्ग्य गरेको आरोप लाग्दै आएको छ। जुबैर मोदीका आलोचक हुन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img