spot_img

‘प्रकाश’ को ट्रेलर सार्वजनिक, बेपत्ता भएका श्रीमानको पखाईदेखि शिक्षक बन्न युवकले गर्नुपरेको संघर्षको कथा

काठमाडौं : फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच आज ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरू प्रदिप खड्काका साथै दिया मास्के र रेनु योगीले स्थान पाएका छन्। निम्न वर्ग परिवारका प्रदीपले सरकारी शिक्षक बन्न घर छोडेको ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा दियाले जनयुद्धमा बेपत्ता भएका श्रीमानको पर्खाइमा बसेकी पात्रको भूमिकामा देखिएकी छिन्।

प्रदीप सरकारी शिक्षक बन्छन् वा बन्दैनन्? बेपत्ता भएका दियाका श्रीमान फर्किन्छन् वा फर्किदैनन्? ट्रेलरले दर्शकमा कौतहलता जगाएको छ।

दिनेश राउतद्वारा निर्देशित फिल्ममा प्रदीप, दिया र रेनुका साथै प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।

कार्यक्रममा प्रदीपले यस फिल्मबाट आफ्नो नयाँ जन्म भएको बताए। ‘प्रकाशमा मैले अहिल्यैसम्मकै फरक पात्र निभाएको छु।  जसकारण मेरो नयाँ जन्म भएको महसुस भइरहेको छ। पोस्टर र टिजर सार्वजनिक भएसँगै सकरात्मक प्रतिक्रियाले उर्जा दिएको छ। हिरोबाट एक्टर बन्न मैले प्रकाशमा काम गरेको हुँ,’ उनले भने।

‘प्रकाश’ मा सीताको पात्रमा देखिएकी दियाले यो जीवनकै चुनौतीपुर्ण र विशेष ‘क्यारेक्टर’ भएको बताइन्। सीता पात्रको लागि अडिसन दिएर निकै तयारी गरेको दियाको भनाई छ।

निर्देशक दिनेश राउतले पनि ‘प्रसाद’ भन्दा यो फिल्म एक स्टेप माथि बनाउने प्रयास गरेको बताए। यो फिल्म जुम्लाको मात्र कथा नभई सम्पुर्ण निम्न वर्गीय नेपालीहरूको कथा भएको उनले सुनाए।

रेनुले फिल्म ‘प्रकाश’ टिमसँग सहकार्य गर्न निकै सहज भएको अनुभव साटिन्। आफूले जुम्लाको सामान्य केटीको भूमिका निभाएको भन्दै उसको सरलता र परिवेशलाई बुझ्ने कोसिस गरेको रेनुको भनाई छ। यो रेनुको डेब्यु फिल्म हो।

विकास सुवेदीको लेखन रहेको फिल्ममा गाउँले युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा समेटेएको छ। महेन्द्र अधिकारी निर्माता रहेको फिल्मको छायाङ्कन जुम्लामा गरिएको थियो।

फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्। नेपालसहित विभिन्न देशमा रिलिज हुने यो फिल्म भदौ १० गतेबाट रिलिज हुँदैछ।

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img