spot_img

थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंका १४१ जना

काठमाडौं : पछिल्लो २४ घण्टामा साढे ४ सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ४ हजार ६५१ जनाको परीक्षण गर्दा ४५७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ।

आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंका १४१ जना रहेका छन्। यससँगै काठमाडौंका संक्रिय संक्रमितको संख्या १ हजार १३ जना पुगेको छ भने ललितपुरमा ९२ जना र भक्तपुरमा २८ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। जसकारण स्वास्थ्य सतर्कता अपनाउन र मास्कको प्रयोग गर्न जनस्वास्थ्यविज्ञहरुले आग्रह गरिरहेका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img