spot_img

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन समिति बनाउने प्राधिकरणको निर्णय

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन समिति बनाउने निर्णय गरेको छ। प्राधिकरणको आइतवार बसेको संचालक समिति बैठकले अध्ययन समिति बनाउने निर्णय गरेको हो।

प्राधिकरणले यो निर्णय आफ्नो तालुकदार मन्त्रालय पर्यटनलाई प्रस्तावको रुपमा पठाएको छ। पर्यटन मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्मा पठाएर निर्णय भएपछि अध्ययन समितिले काम अगाडि बढाउनेछ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले समिति गठनको निर्णयको प्रस्ताव क्यानबाट आएको जानकारी दिँदै प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने बताए। उनले दुई साताअघि स्थलगत निरीक्षण भएको स्थानमा विमानस्थल बनाउन सकिने बताउँदै त्यहाँ बोटविरुवा नभएर मैदान देखिएको जिकिर गरे।

‘बाहिर हल्ला भएकोजस्तो धेरै वनजंगल मासिँदैन,’ उनले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भने।

श्रेष्ठले सर्वोच्च अदालतको फैसलालाई पालना गर्दै निर्माणको काम अघि बढाउने जानकारी दिए। पूर्व प्रधानमन्त्री माधव नेपालले निजगढमा विमानस्थल बनाउन ढिलाई गर्न नहुने बताउँदै बाहिर हल्ला भएजस्तो धेरै रुख कटान नहुने जिकिर गरे।

उनले विमानस्थल निर्माणका लागि लगानीकर्ताको लाम लागेको समेत बताए।

‘विमानस्थल निर्माण अघि फाइदा हेर्न आवश्यक छ। विगतमा विमानस्थल बनाउँदा फाइदा/बेफाइदा हेरिएन,’ नेपालले भने।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img