spot_img

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी, ‘वर्षा नै नभएपछि कसलाई दोष लगाउनु?’

काठमाडौं : पर्वत जिल्लामा अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ। सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन्।

कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार आइतबारसम्म जिल्लामा करिब ६० प्रतिशत रोपाइँ पूरा भएको छ। धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँमा नै पानीको अभावका कारण करिब आधा जति रोपाइँ नभएको सूचना स्थानीय तहका प्राविधिकले दिएको उनले बताइन्।

पाङ, कटुवाचौपारी, फलेबासलगायतका राम्रो धान उत्पादन हुने क्षेत्रमा नै रोपाइँ भएको छैन।

‘पाथोपा सँगालेर रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गरा चर्किएका छन्’, उनले भनिन्, ‘वर्षा नै नभएपछि कसलाई के पो दोष लगाउनु?’

दिनभर चर्को घाम लाग्दा पानीका मुहान सुकेर गर्मीका कारण कृषक पनि घरभित्र बस्नुपर्ने अवस्था रहेको छ। फलेबास नगरपालिका, पैँयु गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिका धान उत्पादनका मुख्य क्षेत्र हुन्। डाँडाकाँडामा रहेका ती ठाउँमा वर्षा भएपछि उर्लिएर आउने खहरेको भर परेर रोपाइँ हुने गरेको छ। वर्षा नभएका कारण खहरे नै नउर्लिएका कारण रोपाइँ भएको छैन। जिल्लाका धेरै ठाउँका कृषकले गर्मीका कारण रोपाइँ भएका खेतका गरा फुट्दा रोपेको धान नै ओइलिँदै गएको बताएका छन्।  



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img