spot_img

बेलायतमा अत्याधिक गर्मी बढेपछि राष्ट्रिय संकटकाल घोषणा, युरोपमा फैलिँदै डढेलोको कहर

बेलायतमा अत्याधिक तापक्रम वृद्धि भएपछि राष्ट्रिय संकटकाल घोषणा गरिएको छ। मेन अफिसले पहिलोपटक ‘रेड एक्ट्रिम हिट वार्निङ’ घोषणा गरेपछि संकटकाल घोषणा गरिएको हो। बेलायतको तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्ने बताइएको छ।

संकटकाल घोषणासँगै रेलवे सेवा, विद्यालय र अस्पतालका सेवा प्रभावित हुनसक्ने बताइएको छ।

बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीले चारवटा ‘हिट अलर्ट’ जारी गरिसकेको छ। अत्याधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। बिरामीको संख्या बढ्न सक्ने र एम्बुलेन्सको माग बढी हुन सक्ने भन्दै तयारी अवस्था रहन एजेन्सीले भनेको छ।

बेलायतमा पहिलोपटक रेड हिट वार्निङ घोषणा गरिएको हो। यो प्रणाली सन् २०२१ मा स्थापना भएको थियो।

हाल युरोपका अन्य देशहरुमा पनि गर्मी बढेको छ। पोर्चुगल, फ्रान्स र स्पेनमा डढेलो लाग्ने क्रम बढ्दो छ।

पोर्चुगलमा डढेलो निभाउन गएको हेलिकप्टरको पाइलटको मृत्यु भएको छ। स्पेनको मिजास हिलमा डढेलो लाग्दा २ हजार ३०० भन्दा बढी मानिस सुरक्षित स्थानतर्फ लागेका छन्। फ्रान्सको गोरिन्डो क्षेत्रबाट पनि ११ हजार जनालाई उद्धार गरिएको छ। पोर्चुगलको तापक्रम हाल ४७ डिग्री सेल्सियस रहेको छ। स्पेन र फ्रान्सको तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ। दुवै देशमा गर्मीका कारण ३०० भन्दा बढीको मृत्यु भइसकेको त्यहाँको समाचार एजेन्सीले उल्लेख गरेको छ।

यस्तै, इटालीले पनि पो भ्यालीमा संकटकाल घोषणा गरेको छ। मोरोक्कोमा डढेलो लागेपछि गाउँहरु नै खाली गराइएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img