spot_img

कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनबारे केन्द्रीय सदस्यहरुले राखे आफ्नो धारणा

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको छ। बिहीवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौँथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यहरुले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताए।

उनले पार्टीलाई सुदृढ बनाउँदै जाने बारेमा पनि छलफल भएको बताए। प्रवक्ता महतले आजको बैठकमा सरकारले वर्ष दिनमा गरेको कामका बारेमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बुँदागत रुपमा जानकारी गराएको बताए।

उनले भने, ‘सबैको चासो चिन्ता, पार्टीलाई अब कसरी राम्रो बनाउने, निर्वाचनमा कसरी पार्टीले सफलता हासिल गर्ने, साथै देशको समसामयिक विषय, जनताका पीर, मर्का, चासो र चिन्ताका विषयहरुमा छलफल भएको छ। सरकारले गरेका कामका विषयमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बुँदागत रुपमा कुरा राख्नुभयो।’

प्रवक्ता महतले पार्टीले साउन १ वा २ गते अन्तिम निस्कर्ष निकालेर निर्णय गर्ने जनकारी दिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img