spot_img

स्कटल्याण्डलाई १ सय ४४ रनमा समेट्न सोमपाल र आदीलले लिए समान ३ विकेट, अन्तिम विकेट लिन संघर्ष

काठमाडौं: क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको सिरिज अन्तर्गत आज जारी खेलमा स्कटल्याण्डले नेपाललाई १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्याण्ड स्थित ग्लास्गोमा नेपालले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्ता दिएको थियो। ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको हो।

सुरुबाटै विकेट गुमाउन थालेको स्कटल्याण्डलाई सहज अवस्थामा पुग्न नदिन सोमपाल कामी र मोहम्मद आलिल आलमले समान ३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

स्कटल्याण्डका लागि गेभिन मेइनले सर्वाधिक अविजित ६४ रन बनाए। त्यस्तै मार्क वाटले १७, साफयन शरिफले १६ तथा कलुम म्याकलिओडले १३ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। अन्तिम विकेटका लागि भने मेइन र हम्जा ताहिरले ४९ रनको साझेदारी बनाउँदा स्कटल्याण्डले सम्मानजनक स्कोर बनाउन सफल रह्यो।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img