काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार १ सय ७५ जनाको परीक्षण गर्दा २ सय ६ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ रहेको छ।
संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। अहिलेसम्म देशभर संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ। पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।