spot_img

बाबुरामले उपेन्द्रलाई लगाए पार्टी कब्जाको आरोप,अब यी दुई विकल्प अपनाउने छन् भट्टराईले

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष डा.बाबुराम भट्टराइले पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन्। आफू पक्षको केन्द्रीय कमिटी बैठकमा भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी पुनर्गठन वा रुपान्तरणको प्रस्ताव गरिएको हो। जसपाभित्र अध्यक्षहरु उपेन्द्र यावद र भट्टराई पक्षबिच विवाद देखिएपछि दुवै पक्षले अलग अलग बैठक बोलाएका हुन्। यादवले पनि भोलिका लागि आफू पक्षको केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

विभाजनका लागि दुवै पक्षले आफूसँग बहुमत रहेको बताउँदै आएको छ। त्यसको कसरत स्वरुप केन्द्रीय कमिटीका फरक/फरक बैठक बोलाइएका हुन्। भट्टराईले यादवले पार्टीमा एकलौटी गरेको भन्दै विभिन्न प्रस्ताव अघि सारेका छन्।

पार्टी पुनर्गठनको प्रस्ताव

भट्टराईले पार्टी पुनर्गठन अपरिहार्य भएको बताएका हुन्। ‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ,’भट्टराईको प्रतिवेदनमा भनिएको छ। उनले अहिले पनि वैचारिक राजनीतिक धार टडकारो भएको बताएका छन्। पार्टीमा को सँग बहुमत छ भन्ने विषय निर्वाचन आयोगले निरुपण गर्ने भट्टराईले बताए।

दुई विकल्प

भट्टराईले पार्टीमा यादवसँग देखिएको मतभेदलाई टुंग्याउने दुई विकल्प अघि सारेका छन्। नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणका अभियानलाई अघि बढाउने वा विचार मिल्नेसँग एकता गर्ने भन्नेबारेमा केन्द्रिय कमिटीले टुंगो लगाउनुपर्ने भट्टराईको भनाइ छ।

‘नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, नीति कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसँग सहकार्य,ध्रुबीकरण,एकीकरण गर्दै जाने,’भट्टराईको प्रस्ताव छ। 

यादवमाथि आरोप  

भट्टराईले पार्टी गठन भएको ३ वर्षमा आर्थिक मुद्दाबारे कहिल्यै बहस नभएको भन्दै यादवमाथि आक्रोश व्यक्त गरेका छन्। उनले यादवमाथि अनियमितताको पनि आरोप लगाएका छन्।

‘खर्चको नियमितता र पार्दर्शीताका लागि नियमित खर्च पेश गर्ने काम समेत भएन,’भट्टराईको आरोप छ। पार्टीको व्यवस्थापनका बारेमा यादव बखेबर रहेको आरोप पनि भट्टराईले लगाएका छन्। पार्टीको स्रोतको उपयोग कसरी गर्ने र त्यसबाट बढीभन्दा बढी लाभ कसरी लिने भन्नेबारेमा पनि कुनै छलफल नै नभएको प्रतिवेदनमा उल्लेख छ।

‘निर्णयको आफू खुसी संसोधन भयो’

भट्टराईले यादव पक्षलाई निर्णय संसोधन गरेर माइन्युट गरिएको आरोप पनि लगाएका छन्। बहुमतको निर्णयलाई रुलिङ गर्न पनि यादव अनइच्छुक भएको अर्को आरोप पनि भट्टराईले लगाएका छन्।

‘पार्टीको कार्यकारिणी समितिको अत्याधिक बहुमतबाट भएका निर्णयलाई समेत रुलिङ र माइनुट गर्न अनइच्छा गर्ने माइनुट र परिपत्र गर्दा आफू खुसी संसोधन गर्ने प्रवृति देखियो,’भट्टराईले भनेका छन्। उनले एकै मान्छेले पार्टीमा धेरै जिम्मेवारी दिएकोमा पनि विरोध जनाएका छन्। 

‘पार्टी कब्जा गर्ने सोच हाबी भयो’

भट्टराईले पार्टी एकतापछि सदस्य संख्या बढ्नुपर्ने भए पनि घट्न थालेको उल्लेख गरेका छन्। जसपालाई आफूले राष्ट्रिय दल बनाउन खोजेको भए पनि यादवले क्षेत्रीय दल बनाउने सोच राखेको आरोप लगाएका छन्।

‘पार्टी निर्माणको तरिका क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो,’भट्टराईले भनेका छन्। उनले सामूहिकताक आधारमा निर्णय गर्नुपर्ने भए पनि यादव पक्षले पार्टी नै कब्जा गर्न खोजेको आरोप प्रतिवेदनमा छ। 

आफू खुसी टिकट वितरण

यादवले आफू खुसी यादव पक्षले स्थानीय तह निर्वाचनमा टिकट वितरण गरेको भट्टराईले आरोप लगाएका छन्। ‘व्यक्तिले आफू खुसी टिकट बाँड्दै हिँड्ने फरक समूह वा पृष्ठभूमिको भए पूर्वाग्रह राखेर मनोनयन गर्ने,’प्रतिवेदनमा भनिएको छ।

उनले टिकट वितरणको प्रक्रियामा एकलौटी गरिएको र कुनै मापदण्ड नअपनाइएको पनि आरोप लगाएका छन्। पार्टी समावेशी नभएको,तहगत जिम्मेवारी नदिएको,अविश्वास र द्वन्द्व बढाएको,अर्को पक्षलाई हप्काएको लगाएतका आरोप पनि भट्टराईले यादवलाई लगाएका छन्।

मिनि कम्युनिस्ट बनाउन खोजियो

भट्टराईले यादवमाथि जसपालाई ‘मिनि कम्युनिस्ट पार्टी’ बनाउन खोजेको आरोप पनि लगाएका छन्। उनले पहिचनाका मुद्दा कारणले मात्रै कम्युनिस्टभन्दा फरक हुन खोजेको आरोप लगाएका हुन्। 

‘पहिचनको मुद्दा कारणले मात्र कम्युनिस्टभन्दा फकर भएको मिनी कम्युनिस्ट पार्टीका रुपमा बुझ्न खोजेको पाइयो। उनले लोहियावाद नै समाजवादको सबैभन्दा राम्रो मोडेलका रुपमा परिभाषित गरेको पनि आरोप लगाएका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img