spot_img

केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको मत : सभापतिलाई कमजोर बनाएर कांग्रेस बलियो हुँदैन

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा सबै पक्षका लागि स्थान छ भन्ने वातावरण सभापति शेरबहादुर देउवाले बनाउनु पर्ने धारण व्यक्त गरेका छन्। आजको कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले सभापतिलाई कमजोर बनाएर अहिले कांग्रेस बलियो हुँदैन भन्ने पनि स्वीकार गर्नुपर्ने बताए।

सभापतिले उदारता देखाउन जरुरी रहेको भन्दै उनले अरुले पनि निर्वाचन हुन लागेको समयको संवेदनशिलता बुझ्न जरुरी रहेको बताए। 

उनले भने, ‘पार्टीका आन्तरिक छलफल र निर्णय प्रक्रियाहरुमा अन्तरविरोध बढाउने भन्दा पनि आम एकता कायम रहने गरी सभापति, पदाधिकारी तथा नेतृत्वले आ-आफ्नो भूमिका निभाउनु पर्नेछ। ताकि निर्वाचनमा कांग्रेस एक ढिक्का बनेर सशक्त ढंगले उभिन सकोस्।’

गठबन्धनका राम्रा/नराम्रा पक्षमाथि छलफल गर्न उनले आग्रह गरे। गठबन्धन नगरी आफ्नो पक्षमा मत बढाउन सकिए उत्तम बाटो त्यही हुने मत राख्दै उनले गठबन्धनमा नजाँदा आफूहरुविरुद्ध बन्न सक्ने गठबन्धनका कारण निर्वाचनको नतिजामा पर्न सक्ने नकरात्मक असरलाई ख्याल गर्न आवश्यक रहेको औँल्याए।

‘अहिलेका हाम्रा सम्भावना पनि विचार गरौँ र २०७४ का पराजय पनि नबिर्सौँ। कांग्रेस अहिले अनुकुल अवस्थामा छ। स्थानीय निर्वाचनको परिणाममा कांग्रेसले प्रतिस्पर्धीलाई धेरै उछिनेर पहिलो भएको छ। यो अनुकुलता विवेकपूर्ण रणनीतिले मात्र बचाईराख्न सक्छ’, उनले भने, ‘गठबन्धन क्षणिक राजनीतिक लाभ निकाल्ने गणितिय समीकरणको आधारमा मात्र हुनु हुँदैन। गणितिय स्वार्थको लागि मात्रै गठबन्धन गरिएको हो भन्ने सन्देश आम मतदातामा गएमा त्यसले आम नागरिकलाई आकर्षित गर्ने छैन। त्यसैले गठबन्धन गर्दाको अवस्थामा निश्चित मुद्दा तथा उद्देश्य, साझा नीति तथा कार्यक्रम अनि एजेण्डाका आधारमा गरिनुपर्छ, ताकि यो गठबन्धन सार्थक परिणामको लागि भएको हो भनेर आम मतदाताले सजिलै विश्वास गर्न सकुन्।’

उनले निर्वाचनको आन्तरिक तयारीका लागि अपूर्ण अवस्थामा रहेका समिति, विभाग तथा भ्रातृ संगठनहरुलाई विधान बमोजिम पूर्णता दिई परिचालन गर्नुपर्ने धारणा राखे।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img