spot_img

नेविसंघले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार र व्यवस्थापन संकायको डिन कार्यालयमा लगायो ताला

काठमाडौं : नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार र व्यवस्थापन संकाय डिन कार्यालयमा ताला लगाएको छ। नेविसंघले काठमाडौं उपत्यकाभित्रका विभिन्न व्यवस्थापन संकाय तथा अन्य क्याम्पसका नेविसंघ इकाइ समितिको तर्फबाट आज कीर्तिपुर पुगेर ताला लगाएको हो।

नेविसंघ त्रिभुवन विश्वविद्यालयको परीक्षा समितिका अध्यक्ष तथा रजिस्ट्रार पेशल दाहालको राजीनामा र व्यवस्थापन संकायका सम्पूर्ण पदाधिकारीहरुलाई कारबाहीको माग गरेको नेविसंघका नेता दीपक ओझाले बताए।

असार २२ गते बीबीए छैटौँ सेमेस्टरको अर्गानाइजेसन बिहेवियर विषयको प्रश्नपत्र मोर्डन कलेजको ‘प्रि-बोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि परीक्षा रद्ध गरिएको थियो। त्यस्तै, पुनः असार २४ गते बीबीए छैटौँ सेमेस्टर नेपाली समाज र राजनीतिको परीक्षामा पाँचौँ सेमेस्टरको सोसियोलोजीको प्रश्न पत्र सोधिएको थियो।

असार २२ र २४ गतेका दुवै परीक्षा रद्ध हुँदा विद्यार्थीको भविस्यमाथि गम्भीर खेलवाड भएको र परीक्षामा पनि अत्यधिक लापरबाही भइरहेकोले जिम्मेवार पदमा बसेका सबैले राजीनामा दिनुपर्ने र उनीहरुलाई कारबाही गरिनुपर्ने नेता ओझाले बताए।



Source link

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img