spot_img

बुटवलको होटलमा युवती मृत प्रकरणः युवतीसँगै होटेलमा पुगेका युवकले बिल तिरेर निस्किएका थिए !

बुटवलः बुटवलको एक होटेलमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

बुटवल उपमहानगरपालिका ३ गोलपार्कस्थित होटल गोलपार्कको कोठामा युवती झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शुक्रबार राती १० बजेतिर एक युवकको साथमा होटलमा पुगेकी बुटवल–२ की युवती शनिबार मध्यान्हमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले जानकारी दिए।

युवतीसँग होटलमा पुगेका युवक भने शनिबार बिहान ९ बजेतिर होटलको बिल भुक्तानी गरेर बाहिरिएको खुलेको छ। पछि होटल सञ्चालक कोठामा जाँदा युवती झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। युवतीसँगै बसेका युवकको पहिचान हुन सकेको छैन। युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

युवती आफै आएर कोठा बुक गरेको र कोठामा केही प्रमाण नभेटिएकाले फरार भएका युवकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img