spot_img

यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा, त्यो भनि साध्य छैन : सभामुख सापकोटा

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान नै सञ्चालन गर्न युवाहरुलाई आग्रह गरेका छन्। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुने गरी अभियाननै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गरे।

शनिवार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उनले संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे। सभामुख सापकोटाले युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं र धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराए।

‘यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा। त्यो भनि साध्य छैन। असल, इमान्दार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ। तर, अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौ भने, राम्रोसँग हामीले जनतामा गएर चाँही यी विकृति र विसंगतिका विरुद्धमा अभियान चलाउन सक्यौँ भने वास्तवमा फेरी धेरै पैसा खर्च नगरीकन जित्ने पनि छन्,’ उनले भने।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरुले अघि बढ्न जरुरी रहेको समेत बताए।

सभामुख सापकोटाले भने, ‘काठमाडौंको चुनाव र त्यसपछि अन्यत्रको चुनावहरुले के देखाएको छ त भन्दाखेरी विद्यमान परिस्थितिबाट तपाई, हामी र सबै जनताहरु सन्तुष्ट छैनन्। यो सन्तुष्ट छैनन् भन्ने कुरा बडो भद्र, शालिन र चुनावको माध्यमबाट जनताले अभिव्यक्त गरेका छन्। यो कुरा नेपालका राजनीतिक पार्टीहरुले, नेपालको राजनीतिक नेतृत्वमा बसेकाहरुले, हामी सबैले बुझ्न सकेनौँ, मैले आफैँलाई पनि भन्दैछु। किनभने म तीन अंगमध्ये एउटा अंगको नेतृत्वमै छु।’

सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे। उनले शिर ठाडो पारेर बाँच्नका लागि पनि युवाहरुले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img