spot_img

लेन अनुशासन पालनामा ट्राफिक प्रहरीको कडाइ : सिसिटिभीबाट पनि निगरानी

काठमाडौं : ट्राफिक प्रहरीले राजधानीका सडकमा लेन अनुशासन पालनामा कडाई शुरु गरेको छ। सडक लेनभन्दा बाहिर चलाउने चालकलाई कारवाही अघि बढाएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले बताए। ‘सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं,’ दासले भने।

ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक पाँचसय रुपैयाँ, दोस्रो पटक एक हजार रुपैयाँ र तेस्रो पटकपछि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ। यस आर्थिक वर्षमा १२ हजार ८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी चेतनामूलक कक्षा दिइसकिएको ट्राफिक प्रहरीले जनायो।

ट्राफिक प्रहरीले लेन अनुशासन पालना भए नभएकोबारे सिसिटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाटसमेत अनुगमन गरी कारवाही गर्दै आएको छ। सिसिटिभीबाट लेन अनुशासन कायम नगरेको देखिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरेको ट्राफिक प्रहरीले जनायो।

लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने उल्लेख गर्दै लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img